दार्चुला । बैतडीमा एक महिलाले असाधारण शिशु जन्माएकी छिन् । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँ माल्लेकी १७ वर्षिया सीमा लुहारले टाउँको तिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएको छोरी जन्माएकी हुन् ।
लुहारले कटौजपानी स्वास्थ्य चौकी दोगडाकेदारमा हिजो (बिहिबार) बिहान यस्तो असाधारण बच्चा जन्माएको अनमी रमिता जोशीले बताउनुभयो । उहाँले भन्नुभयो ‘बच्चा जन्मिने मिति भन्दा एक हप्ता माथि जन्मिएको बच्चाको टाउको तिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै माथि गएको छ, थप उपचार आवश्यक छ हामीले सल्लाहा त दिइसकेका छौ।’
सीमाको बच्चाको जन्म जोखिमपुर्ण नै छ ।
अनौठो बच्चा जन्मिएपछि स्थानीय समेत अचम्म परेका छन् । लुहारको आर्थिक अवस्था कमजोर छ । उनका श्रीमान भोला लुहार रोजगारीको सिलसिलामा भारत छन् ।
नवजात शिशुको थप उपचारका लागि हाडजोर्नी विशेषज्ञलाई देखाउनु पर्ने डा. गुणराज अवस्थीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




