दार्चुला आउदै गरेको जिप बैतडीमा दुर्घटना

दार्चुला । बैतडीमा जिप दुर्घटना भएको छ । धनगढीबाट दार्चुलाको गोकुलेश्वरतर्फ आइरहेको सु.प.प्र.०१००१ ज १३७९ नम्बरको जिप महाकाली राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ सिन्केलेकमा दुर्घटनामा परेको हो ।

सडकबाट जिपको एक टायरमात्रै लिक बाहिर गएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको अस्थायी प्रहरी पोष्ट सतबाँझका प्रहरी सहायक निरीक्षक कृष्णदत्त जोशीले बताउनुभयो । जिप आज (शनिबार) बिहान ५ बजेतिर दुर्घटनामा परेको हो ।

जिपमा चालकसहित चार जना सवार रहेका उनीहरु सबै सकुशल रहेका छन् । जिप चालक धनबहादुर बोहरा भने फरार रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?