दार्चुला । बैतडीमा सासुको हसिया प्रहारबाट बुहारी घाइते भएकी छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ हरिचनकी जानकी मडैले आफ्नै बुहारी राधिका मडैलाई हसियाले प्रहार गरेर शनिबार घाइते बनाएकी हुन् ।
जानकीले हसियाले प्रहार गर्दा राधिकाको टाउकोमा दुई घाउ भएका छन् भने खुट्टामा समेत घाउ बनाएको पीडित महिलाकी भाउजु सरीता बोहरा महराले बताउनुभयो । जानकीले आफ्नै बुहारी राधिकालाई यसअघि पनि पटक पटक कुटपीट गर्दै आएकी थिइन् ।
३ छोराछोरीकी आमा राधिकाको काखमा सात महिने दुधे बालक समेत रहेको छ ।
सासुले कुटपीट गर्नथालेपछि आफू भागेर माइत आएको उहाँले बताउनुभयो । घाइते राधिकाले आज जिल्ला अस्पताल बैतडीमा स्वास्थ्य परीक्षण गराएकी छन् । सासुले लगातार कुटपीट गर्न थालेपछि राधिकाले जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएकी छन् ।
पीडित महिलाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया