बैतडीमा ‘बेवारिसे’ अवस्थाको ८३ ग्राम सुन फेला, अनुसन्धान हुँदै

दार्चुला । बैतडीमा बेवारिसे अवस्थाको सुन फेला परको छ । आइतबार जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ खोडपे प्रहरी चौकीको इन्ट्री पोष्टमा बसका स्टाफहरुले सामान छोडेको र उक्त सामानमा ८३.५ ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी पाटनले जनाएको छ ।

पाटन–८ का एक स्थानीयका आफन्तले काठमाण्डौबाट औषधी पठाएको बुझिएको छ । त्यो औषधी भनिएको वस्तु मध्येको एक प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि प्रहरीले आफुसंगै राखेको बताएको छ ।

प्रहरीलाई शंका लागेपछि प्याकेट खोलीएको इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले बताउनुभयो । सुन इलाका प्रहरी कार्यालय पाटनमा राखीएको उहाँले बताउनुभयो ।

बिना बिलको सुन भेटिएकाले शंका लागेपछि बरामत गर्दै सुरक्षित राखिएको उहाँले बताउनुभयो । दार्चुलाबाट एक व्यापारीले सुन आफ्नो रहेको र यसको बिल समेत रहेको जानकारी आफुलाई दिएको प्रहरीले बताएको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?