बैतडीमा आफ्नै नातीको हत्या गर्ने हजुरबुवा कारागार चलान

दार्चुला । बैतडीमा आफ्नै नातीको हत्या गरेको अभियोगमा पक्राउ परेका हजुरबुवा पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका ५० बर्षीय गणेश साउँदलाई जिल्ला अदालतको आदेश अनुसार सोमबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताउनुभयो।

गएको असार २८ गते साउँदको कुटाइबाट घाइते भएका २ बर्षीय रेशम साउँदको असार २९ गते उपचारको क्रममा निधन भएको थियो । आफ्नै हजुरबुवाको कुटाइबाट गम्भीर घाइते भएका ८ बर्षीय रिजन साउँदको अहिले पनि उपचार जारी रहेको छ ।

रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपीट गरेका थिए । प्रहरीले साउँदलाई असार २८ गते नै पक्राउ गरेको थियो ।

साउँदमाथि प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरेको थियो । प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?