दार्चुला । बैतडीमा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट आज बिहान मृत्यु भएको हो।
महिनावारी भएको बेला गोठमा सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले टोकेको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिनुभयो ।
सर्पले डसेको राति नै थाहा पाएपनि झारफुकका लागि वैद्य बोलाउने क्रममा बुधबार बिहान मृत्यु भएको हो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया