महाकाली नदीको बाढीले सतर्कता तह पार गरेपछि बनबासा पुलबाट आउजाउ बन्द

दार्चुला । महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ ।

बाढीको बहाव १ लाख ३१ हजार क्युसेक मापन भएपछि शारदा ब्यारेज (बनबासा) पुलमा चार पांग्रे सवारी साधनलाई आउजाउ गर्न रोक लगाइएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेकाहरुलाई दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ बाढी मापन केन्द्रमा बाढीको सतहले ५.८० मिटर पार गरेको छ । सो केन्द्रमा बाढीको सतह ७ मिटर पुगेमा खतरा मानिन्छ । बाढीले सतर्कताको तह पार गरेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पुरानो भइसकेको बनबासा पुलबाट चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले भारतीय पक्षले बनबासा पुलबाट चारपांग्रे सवारी साधन सञ्चालनमा रोक लगाएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?