बैतडीकी सरस्वतीलाई अमेरिकाकाको ‘जिएआरसी’ अवार्ड प्रदान

दार्चुला । सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आउनुभएकी बैतडीकी सरस्वती नेपालीले संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ जिएआरसी प्राप्त गरेकी छन्।

बीस वर्षदेखि नेपालमा सिमान्तकृत जाति, अपाङ्ग भएका व्यक्ति र गरिबहरूको मानवअधिकारको वकालत गर्दै आएकी सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा उहाले सो अवार्ड प्राप्त गरेको यहाँस्थित अमेरिकी दूतावासले आज जनाएको छ ।

उहाको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन्। अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धको मुद्दाहरू जितेकी छन्।

उक्त अवार्ड विश्वका ६ जना महिलाले प्राप्त गरेका छन् । अवार्ड प्राप्त गर्नेमा नेपालबाट सरस्वती नेपाली, ब्राजिलकी कारी गुजारारा, ओस्वाल्डो बिलबाओ लोबाटोन (पेरु), रानी यान (बंगलादेश), सादिया मोस्बाह (ट्युनिसिया), र भिक्टोरिना लुका (मोल्डोभा) रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?