कक्षा १२ को नतिजा नआउँदै त्रिविले खुलायो स्नातक प्रथम वर्षको भर्ना

दार्चुला । त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खुलाएको छ । त्रिविले एक सूचना जारी गर्दै शैक्षिक वर्षै २०८०/०८१ का लागि नयाँ विद्यार्थी भर्ना खुलाएको हो ।

त्रिविले भर्नाका लागि आवेदन फारम साउन २८ देखि भदौ मसान्तसम्म दिन सकिने जनाएको छ । प्रवेश परीक्षा भने डिनको कार्यालयले निर्धारण गरेपछि हुने भनिएको छ ।

यस्तै कक्षा सञ्चालन मंसिर ५ गतेदेखि हुने त्रिविले जनाएको छ ।

आवेदन दिँदा फारमसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि बुझाउन भनिएको छ । यद्यपि अहिलेसम्म कक्षा १२ नतिजा भने सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?