बैतडीमा सुनचोरीको आरोपमा एक दम्पती पक्राउ

दार्चुला । बैतडीमा सुनचोरीको आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउपालिका वडा नम्बर ५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथ रहेकी छन्।

स्थानीय जयानन्द नाथको घरबाट ५ तोला सुनचोरी गरेको आरोपमा उनीहरु दुबैजनालाई नियन्त्रणमा लिइएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। घरमा रहेको ५ तोला सुनचोरी भएको भनेर गोपाल र लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घरबाटै पक्राउ परेका दुबैजनाविरुद्ध चोरीसम्बन्धी मुद्धा दर्ता भएर ७ दिनको म्याद थप गरिएको छ। पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?