दार्चुला । बाजुरामा वृद्धभत्ता बुझेर घर फर्किने क्रममा खोलाले बगाएर एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोट बस्ने ६५ वर्षीया वृद्धा गवा विक रहेकी छन् ।
वृद्धभत्ता बुझेर घर फर्किने क्रममा रुडी खोलाले बगाएर विकको मृत्यु भएको हो । उनी पालिकाको केन्द्र सुइजीउला स्थित हिमालय बैंकबाट वृद्धभत्ता बुझेर आफन्तसँग घर फर्किदै गरेको अवस्थामा रुडी खोलाले बगाएको स्थानीय धनसिंह विकले जानकारी बताउनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया