कक्षा १२ को पूरक परीक्षा असोज ६ र ७ मा हुने

दार्चुला । कक्षा १२ को पूरक परीक्षा (ग्रेडवृद्धि) असोज ६ र ७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गरी परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन दिन भनेको छ।

कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन्। बाँकी दुई विषयमा ‘नट ग्रेडेड’ प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुनसक्नेबोर्डले जनाएको छ ।

बोर्डका अनुसार असोज ६ गते अनिवार्य अंग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीका सबै विषयको परीक्षा हुनेछ। असोज ७ गते दुई विषयमा परीक्षा दिने विषयहरूमध्येको बाँकी रहेको विषयको परीक्षा हुनेछ।

गत जेठमा सञ्चालित कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक भएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?