दार्चुला । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्ती मरेको छ ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टी ट्यांकीमा परेर एक जंगली हात्ती मरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो।
‘राति १२ बजेपछि जङ्गली हात्ती आएर सेप्टी ट्यांकीमा पछाडिको खुट्टा परेर मरेको देखिएको प्रमुख संरक्षण अधिकृत मेहताले बताउनुभयो ।
बथानमा आएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ। थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया