सार्वजनिक सूचना नगरि छात्रबृत्ति वितरण गर्ने निर्णय सच्याउन अनेरास्ववियुको माग

दार्चुला । दार्चुला बहुमुखी क्याम्पसले सार्वजनिक सूचना जारी नगरि छात्रबृत्ति वितरण गरेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज दार्चुला बहुमुखी क्याम्पस प्रमुख नरेन्द्रराज अवस्थीलाई ज्ञापन पत्र बुझाउँदै आपत्ति जनाएको हो ।

यसअघि गत वैशाख १ गते जारी गरेको सूचना अनुसार १७ गते छात्रबृत्तिको लागि अन्तर्वार्ता आह्वान गरिएको थियो । तर पछिल्लो समय पुन जानकारी नगराई एक्कासी असार ३१ गते पुन अन्तर्वार्ता गराएर नामावली सार्वजनिक गरेकोप्रति अखिलले आपत्ति जनाएको अखिलका दार्चुला बहुमुखी क्याम्पस इकाई अध्यक्ष पदमराज जोशीले बताउनुभयो । ‘विद्यार्थीलाई सूचनाको हकबाट वञ्चित गराएको छ,’ उहाँले भन्नुभयो, ‘जानकारी बिनै भएको यो कार्य तत्काल सच्याउन माग गर्दछौ ।’

अखिलले राखेको माग सम्बोधन नभए चरणबद्ध विरोध र आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?