बैतडीको एक सुनचाँदी पसलमा आगलागी

दार्चुला । बैतडी सदरमुकाम स्थित एक सुनचाँदी पसलमा आज दिउँसो आगलागी भएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ शाहीलेक बजारस्थित शुभलक्ष्मी सुनचाँदी पसलमा गहना बनाउने क्रममा सिलिण्डरबाट लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

दिउँसो ४ बजेतिर सिलिण्डरबाट सल्केको आगो तेजावमा समेत सल्केको थियो । आगलागीका कारण पुरै पसल जलेर खरानी भएको सुनचाँदी पसलका सञ्चालक प्रदीप गहतराजले बताउनुभयो । आगलागीबाट लाखौंको क्षति भएको उहाँले बताउनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

पसलमा आगलागी हुँदा पसल जलेर ध्वस्त भएको छ भने क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?