लागुुु पदार्थ सेवन गरेर गाडी चलाउने कैलालीमा ७ जना पक्राउ

दार्चुला । कैलालीमा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको आरोपमा ७ जना पक्राउ परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागुु औषध परीक्षण किटले परीक्षण गर्दा सेवन गरेको अवस्थामा सवारीसाधन चलाइरहेका ७ जनालाई पक्राउ गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र जोहारीले शुक्रबार र शनिबार लागु पदार्थ सेवन (लापसे) परीक्षणका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।

उनीहरु सबैलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको प्रहरी निरीक्षक जोहारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?