दार्चुला । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०८०’ हुने भएको छ । विगतका वर्षहरु झै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले राष्ट्रिय गौरा महोत्सव आयोजना गर्न लागेको हो ।

गौरा महोत्वस यहीँ भदौ १७ गतेदेखी २१ गतेसम्म जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले जनाएको छ । महोत्सवमा गौरानाच, वालो नाच, चैत, धुमारी, फाग, घुईचम्फा, हुड्केली, महिला तथा पुरुष देउडा जस्ता सांस्कृतिक कार्यक्रमहरू हुने भएका छन ।

महोत्सवमा संस्कृतीको ख्याल गर्दै परम्परा अनुसार नै मनाउने राधाकृष्ण मन्दिर विकास समितिले जनाएको छ । स्थानीय कला संस्कृतीको सम्मान तथा युवापिढीमा हस्तान्तरण होस भन्ने महोत्सवको उद्देश्य रहेको राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले बताउनुभयो ।

साथै राधाकृष्ण मन्दिर विकास समितिका उपाध्यक्ष भोजराज ओझा लामो समयदेखी बैठकमा उपस्थित हुन नसकेका कारण उहाँकै समन्वयमा उपाध्यक्ष पदमा रमेश प्रसाद जोशीलाइ मनोनित गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?