बाजुरामा भालुको आक्रमणबाट एक जना घाइते

दार्चुला । बाजुरामा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ७ झालीकी २७ वर्षीया सुनिता कटुवाल घाइते भएकी हुन्।

शनिबार घर नजिकै रहेको मकैबारीमा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला भालुले उनलाई आक्रमण गरेको हो।

भालुको आक्रमणबाट घाइते भएकी कटुवालको खट्टा र अन्य शरीरमा चोट लागेको प्रहरीले जनाएको छ। उनको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?