दार्चुला । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज पनि ६ घण्टा बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय, महेन्द्रनगरका अनुसार आज बिहान १० देखि ४ बजेसम्म सडक बन्द हुने भएको हो।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा पहिरोका कारण भासिएको सडकमा आइतवार तार जाली र ग्राभेल हालिने भएको हो।
वर्षाका कारण बुढीतोलामा पहिरो गएको थियो। उक्त क्षेत्रमा यातायातका साधन हिलोमा फस्न थालेकाले तार जाली र ग्राभेल हाल्न थालिएको सडक डिभिजन कार्यालय, महेन्द्रनगरले बताएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया