दार्चुला । कञ्चनपुरमा छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा एक विद्यालयका लेखापाललाई पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका–१० को सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्रप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशीले विद्यालयमा अध्ययनरत १५ वर्षकी बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिनुभयो । लेखापालले छात्रालाई अभद्र व्यवहार गरेको भन्दै आज विद्यार्थीहरुले विद्यालयमा प्रदर्शन गरेका थिए ।
उनीहरुले जोशीलाई कडा कारवाहीको माग गरेका छन् । जोशीलाई पक्राउ गरिएपनि पीडित पक्षले अहिलेसम्म किटानी जाहेरी भने दर्ता गराएका छैनन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




