मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका सिंहको मृत्यु

दार्चुला । कञ्चनपुरमा आइतबार दिउसो भएको मोटरसाइकल दुर्घटनामा परेर गम्भिर घाइते भएका एक जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–५ क्याम्पस रोडमा म.१ क १७७ नम्बरको बस र सुदूरपश्चिम प्रदेश ०१०१२ प ६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर दुर्घटना हुँदा सोहीँ नगरपालिका–४ किचाईका २८ वर्षीय मदनबहादुर सिंहको मृत्यु भएको हो।

दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक सिंहको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार अर्का एक जना पनि घाइते भएका छन्।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?