दार्चुला । हराएको एक महिनापछि बैतडीका एक बालक मृत फेला परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ कनिना डङाका रमेश भट्ट आज (सोमबार) हराएको एक महिनापछि मृत अवस्थामा फेला परेका हुन् ।
पञ्चेश्वर गाउपालिका वडा नम्बर ३ मड् वल्या खोलाको खानेपानि ट्याङकि नजिक झाडिमा सडेको अवस्थामा शब फेला परेको स्थानिय बिरेन्द्र भट्टले बताउनुभयो ।
सुस्त मनस्थितिका १४ बर्षिय रमेश श्रावण ७ गते हराएका थिए। ३ दिन अगाढी खानेपानि लाईन बनाउन आएका स्थानियहरुले मान्छे कुहिएको जस्तो गन्ध आएपछि रमेशका परिवारलाई खबर गरेका थिए।
शव सडेर हड्डि मात्र फेला परेको हो। कपडा र चप्पलका आधारमा पहिचान गर्न सकिएको स्थानिय भट्टले बताउनुभयो । सबैभन्दा माथि रमेशका चप्पल अलि तलतिर शरिल कपडा र त्यो भन्द तल टाउको भेटिएको उहाँले बताउनुभयो।
जंगलि जनावरले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ। रमेशको खोज तलासका लागि परिवारले प्रहरीमा निबेदन समेत दिएका थिए। रमेश घरका कान्छा छोरा हुन।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया