दार्चुला । सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक बिरामीको उपचार नपाएर मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १० बस्ने ४० वर्षीय अरुणकुमार रानाको उपचार नपाएरै मृत्यु भएको हो । सोमबार दिउँसो घरमा बेहोस भएपछि उनलाई सेती प्रादेशिक अस्पताल लगिइएको थियो ।

करिब अढाई घण्टासम्म पनि उपचार नभएपछि बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले कारबाहीको माग गरेका छन् । आकस्मिक कक्ष लगिएका अरुणलाई डाक्टरले उपचार नै नगरेको र त्यही कारणले मृत्यु भएको आफन्तको भनाई छ ।

प्रादेशिक अस्पताल मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले रानाको मृत्यु भएको घटनाबारे बुझिरहेको बताएका छन्।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?