दार्चुला । बझाङको सदरमुकाम चैनपुरमा एकै परिवारका ३ जनामाथि मध्यरातमा चक्कु प्रहार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका वडा नम्बर ३ घर भई चैनपुरमा डेरा गरी बस्ने आमा र दुई छोरामाथि अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका छन् ।
तारको जालि काटेर मुल ढोकाको चुक्कुल खोलेर भित्र पसेको र एउटा मोबाइसमेत लिएर गएको घाइते सुनिताका श्रिमान कलक बिकले बताउनुभयो । कलम बिक अहिले काठमाडौँमा छन् । उनी नभएको अवस्थामा श्रीमती र दुई छोरा माथि चक्कु प्रहार गरिएको हो ।
गए राति १२ बजे सुनिता विक र उनका दुई छोरा आदित्य र यवन विकमाथि चक्कु प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ।
घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया