बाजुरामा झाडी भित्र एक शिशु बेवारिसे फेला

दार्चुला । बाजुरामा झाडी भित्र एक शिशु बेवारिसे अवस्थामा फेला परेका छन्। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ४ तोलीको झाडीमा शिशु फेला परेको हो।
बाजुरा प्रहरीका अनुसार उनी सोमवार दिउँसो नाभिसहित झाडीमा फालिएको अवस्थामा फेला परेका र उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

शिशुको टाउकोमा घाउ रहेको जनाएको छ। उनलाइ उपचारका लागि सोहि ठाउँकी स्थानिय करिश्मा अयडीको जिम्मा लगाएर अछामको बयलपाटा अस्पतालमा पठाइएको जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?