दार्चुला । कैलालीमा एक जनामा हैजाको संक्रमण फेला परेको छ। भदौ १० गते कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा परीक्षण गर्दा संक्रमण देखिएको हो।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजविक्रम शाहीका अनुसार गौरीगङ्गा नगरपालिका(११ मसुरियाकी ३३ वर्षीया महिलामा उक्त संक्रमण देखिएको हो। उनका अनुसार ती महिला भारतको दिल्लीबाट भदौ ५ गते कैलाली आएकी थिइन्।
दिल्लीबाट आएपछि उनको स्वास्थ्यमा समस्या आएकोमा उनी स्थानीय स्वास्थ्य चौकीमा गएकी थिइन्। त्यहाँका चिकित्सकले शंकास्पद ठानेर भदौ ९ गते सेतीमा पठाएका थिए। पछि सेतीमा परीक्षण गर्दा उनमा संक्रमण फेला परेको हो।
अहिले उनको धनगढीकै मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। हिजोसम्म आईसीयुमा राखेर उपचार गरिरहेकोमा आज उनलाई नर्मल वार्डमा राखिएको बताइएको छ। एकताका महामारीको रुपमा फैलिएको हैजा लामो समयपछि पहिलोपटक कैलालीमा देखिएको हो।
हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण लाग्ने सरुवा रोग हो । सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन्।
सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्ने छ।
उक्त जीवाणुको सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षण देखिन्छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया