दार्चुला । “टुहुरा बालबालिका-सहारा गाउँपालिका” भन्ने उद्देश्यका साथ दुहुँ गाउँपालिका भित्र रहेका टुुहुरा बालबालिकाका लागि खान आवास तथा पठनपाठनकाे पूर्ण व्यवस्था सहितकाे आवासीय अनाथालय आजबाट सञ्चालनमा आएको छ ।
दुहुँ गाउँपालिका वडा नम्बर ४ मा सञ्चालन भएको आवासीय अनाथालयमा पालिकाभित्रका १२ जना अनाथ बालबालिका पढ्ने भएका छन। ४ काेठाकाे आवासीय अनाथालयमा बिद्यार्थीलाई खान, बस्न र पठनपाठनकाे व्यवस्था गरिएको दुहुँ गाउँपालिका शिक्षा शाखा संयोजक लोकेन्द्रबहादुर बमले जानकारी दिनुभयो । अनाथालयमा भान्से तथा वार्डेन राखिएको छ।
दुहुँ गापा वडा नम्बर ५ काे धारीपाटा मा.वि धारीमा पालिका अध्यक्ष नरेन्द्र बहादुर सिह बडालकाे अध्यक्षतामा सञ्चालन भएको उद्घाटन शत्रका प्रमुख अतिथि पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एबं नेकपा एमाले पोलिटब्युरो सदस्य गणेश सिह ठगुन्ना रहनुभएको थियो । अनाथालयकाे पूर्व मन्त्री ठगुन्ना र गाउँपालिका अध्यक्ष बडालले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि ठगुन्नाले स्थानीय सरकारले जनमत्री कार्यक्रमहरु ल्याई स्थानीयहरुकाे समुन्नतिमा टेवा पुर्याउनु पर्ने भनाइ राख्नुभयो । दुहुँ गाउँपालिका अध्यक्ष बडालले दुहुँ गाउँपालिका भित्र रहेका अनाथ बालबालिकाकाे अभिभावक स्थानीय सरकार भएको भन्दै अब पालिकाभित्र कुनैपनि बालबालिकाले टुहुरा भएको अनुभूति नगर्ने बताउनुभयो ।
कार्यक्रमका सञ्चालक शिक्षा शाखा संयाेजक लाेकेन्द्र बहादुर बमले पालिका भित्र तथा बाहिर रहेका टुहुरा बालबालिकाहरुलाई समेट्दै लगिने बताउनुभयो । अनाथालय व्यवस्थापनकाे जिम्मेवारी मा.वि धारीलाई दिइएको छ ।
उद्घाटन कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक, कर्मचारी एवम् अभिभावक तथा विद्यार्थीहरुकाे सहभागिता रहेको छ । आजै दुहुँ गाउँपालिकाले सञ्चालन गरेकाे शैक्षिकसत्र २०७९ काे परीक्षामा पालिका भरिमा प्रथम, द्वितीय र तृतीय स्थान ल्याउने कक्षा ४-१० सम्मका विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको शिक्षा शाखा प्रमुख बमले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया