दार्चुलाको लेकममा `हाम्रो लेकम´ स्थानीय पाठ्यपुस्तक विमोचन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा स्थानीय पाठ्यपुस्तक `हाम्रो लेकम´ एक समारोहका बिच विमोचन गरिएको छ । गाउँपालिका अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष माधवी जोशी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, वडाअध्यक्षहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत शिक्षाविद् र शिक्षाप्रेमीहरूको सहभागीतामा एक कार्यक्रमको आयोजना गरि हाम्रो लेकम स्थानीय पाठ्यपुस्तकको विमोचन गरिएको शिक्षा अधिकृत एबं लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख केशवराज ओझाले जानकारी दिनुभयो ।

लेकम गाउँपालिकाले गत वर्ष नै स्थानीय पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तक निर्माणको तयारी थालेको थियो । पाठ्यक्रममा आधारित भएर पाठ्यपुस्तक निर्माण तथा छपाई गरिएको उहाँले बताउनुभयो । ‘हाम्रो लेकम’ कक्षा १-८ को पाठ्यपुस्तक लेकमभरीका विद्यालयमा यसै शैक्षिक सत्रदेखि पठनपाठन हुने बताइएको छ ।

हाम्रो लेकम पाठ्यपुस्तकमा स्थानीय महत्त्वपूर्ण पाठ्यसामग्री समावेश गरिएको छ । पाठ्यपुस्तक विमोचन समारोहमा जनप्रतिनिधि, कर्मचारी, शिक्षाविद र शिक्षाप्रेमी सरोकारवालाहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?