उप-प्राद्यापक साउदले फेसबुकमा लेखेको विषयमा स्पष्टिकरणसहित सत्यतथ्य छानबिनको माग

दार्चुला । उप-प्राद्यापक करन सिह साउदले फेसबुकमा लेखेको विषयमा स्पष्टिकरण मागसहित सत्यतथ्य छानबिन गर्न स्वतन्त्र विद्यार्थी युनियनले माग गरेको छ । यही भदौ १५ गतेका दिन दार्चुला बहुमुखी क्याम्पसले आयोजना गरेको निवर्तमान क्याम्पस प्रमुख कृष्णसिह साउदको धन्यवाद/अभिनन्दन कार्यक्रमको तस्विर सामाजिक सञ्जालमा सेयर गर्दै उप-प्राध्यापक करन सिह साउदले निर्वतमान क्याम्पस प्रमुखको चरित्र हत्या गर्ने गरी अभद्र शव्दको प्रयोग गरेको प्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले खेद प्रकट गरेको छ । साथै उहाँले सामाजिक सञ्जालमा लेख्नुभएका कुराहरु वर्तमान क्याम्पस प्रमुखलाई समेत ट्याग गरिएकोले गम्भीर आशंका उत्पन्न भएको स्ववियुको ठहर छ ।

स्ववियु सभापति कृष्ण धामीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, “विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा प्राज्ञिक बहस र सम्वाद हुनु पर्दछ । कतिपय संवेदनसिल कुराहरु आन्तरिक सम्वादबाट समाधान गर्नुनै वान्छनीय हुन्छ । सामाजिक संजालमा गरेको पोष्टले निवर्तमान क्याम्पस प्रमुखको व्यक्तिगत मात्र नभएर समग्र क्याम्पसको शैक्षिक मर्यादा भङ्ग गर्ने, प्राध्यापकको उच्च बौद्दिकता माथि प्रश्न खडा गर्नुका साथै क्याम्पसको शैक्षिक वातावरण खल्बल्याउने काम समेत गरेकाले उक्त कार्यको घोर भत्र्सना गर्देछौ ।”

क्याम्पसमा नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रममा समेत गम्भीर असर पर्न गई क्याम्पसको भविश्य अन्यौलमा पर्न जाने भएकोले तत्काल क्याम्पसको वातावरण सहज तुल्याउन समेत स्ववियुले अनुरोध गरेको छ । साथै तत्काल क्याम्पस प्रशासनको बैठक बसि उहाँ (करन साउद) प्राध्यापकलाई लिखित स्पष्टिकरण माग गरी सत्यतथ्य छानबिन गर्न जोरदार माग गर्दछौ, ज्ञापनपत्रमा उल्लेख छ ।

उप-प्राद्यापक करन साउदले पूर्वक्याम्पस प्रमुख कृष्ण साउदको सम्मान कार्यक्रमकै दिन १५ गते राति फेसबुकमा यस्तो लेखेपछि विवादित बन्नुभएको छ ।

उप-प्राध्यापक साउदले विवादित अभिव्यक्ति दिएपछि धेरैले क्याम्पसको विकासमा पूर्वक्याम्पस प्रमुख साउदको महत्त्वपूर्ण योगदान रहेको भन्दै विनातथ्य चरित्रहत्या गर्न नसुहाउने भएकोले व्यक्तिगत केही भए व्यक्तिगत रूपमै मिलाउन र क्याम्पससंग जोडिएको विषय भए सार्वजनिक गर्न सुझाएका छन् । उपप्राध्यापक साउदले पनि आफुले फेसबुकमा सार्वजनिक गरेको पोष्ट हटाउदै संस्थागत नभइ व्यक्तिगत कुरा आफुले सार्वजनिक गर्न चाहेको र आफुले पोष्ट गरेको कुराले संस्थागत प्रतिष्ठामा आँच आउने भएकोले आत्मआलोचित रहेको कुरा सार्वजनिक गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?