जनावरका लागि थापेको विद्युतीय तारमा परेर मञ्जुको मृत्यु

दार्चुला । धनगढीमा जंगली जनावरका लागि थापेको विद्युतीय तारमा परेर धनगढीकी मञ्जु कुँवरको मृत्यु भएको छ। धनगढी–३ की अन्दाजी ३२ वर्षीया कुँवरको गएराति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–३ स्थित रहेको होल्डिङ सेन्टर नजिकै जंगली जनावरका लागि खेतमा विद्युतीय तार राखिएको थियो। जंगली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा धराप थाप्ने जंगलिया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतक महिलाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले बताएको छ। यस्तै घटनास्थलमा भारतबाट भन्सार चोरी निकासी गरि ल्याइएका केही सामानहरु भेटिएका छन्। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?