शिक्षा दिवसः दार्चुलाका दुई जनालाई राष्ट्रिय शिक्षा पुरस्कार, चार जनालाई नेपाल विभूषण

दार्चुला । राष्ट्रिय शिक्षा दिवसको अवसरमा दार्चुलाका रामदत्त जोशीसहित सुदूरपश्चिमबाट ९ जना शिक्षकलाई पुरस्कृत गरिएको छ । महेन्द्र मावि दार्चुलामा कार्यरत प्रधानाद्यापक एबं माध्यमिक शिक्षक रामदत्त जोशीलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको हो । लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहनुभएका जोशी राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कृत हुनुभएको हो ।

जोशीसंगै सामुदायिक विद्यालयका शिक्षकतर्फ सुदूरपश्चिमका अन्य ८ जना शिक्षक पनि पुरस्कृत हुनुभएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा बैतडीका जितबहादुर पाण्डेय पुरस्कृत हुनुभएको छ । सामुदायिक विद्यालयका शिक्षकतर्फ वासुदेव मावि लिस्किटाका प्रधानाध्यापक पाण्डेयलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको हो । यस्तै महेन्द्र मावि डडेल्धुराका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐर, बझाङको सत्यवादी मावि भोपुरमा कार्यरत माध्यमिक शिक्षक हितराज जोशी र डोटीको केदारेश्वर मावि शिखरमा कार्यरत शिक्षक गगनसिंह कार्की पनि राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । यस्तै बाजुराको भानोदय मावि बुढीगंगाका प्रधानाध्यापक मनबीर खाती, अछामको जल्पादेवी माविका माध्यमिक शिक्षक सुरेन्द्रबहादुर खड्का, कैलालीको पञ्चोदय माविका प्रधानाध्यापक हरिशकुमार ओझा र कञ्चनपुरको निङ्गलाशैनी माविका माध्यमिक शिक्षक घनश्याम भट्टलाई पनि राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ ।

यस्तै विद्यालय व्यवस्थापन समितितर्फ दार्चुलाको शंकरपुर माद्यमिक विद्यालयका विव्यस अध्यक्ष दिनेश पन्त शिक्षा पुरस्कारबाट सम्मानित हुनुभएको छ । पन्तलाई शिक्षा दिवसको अवसरमा पुरस्कार प्रदान गरिएको हो ।

यसैबिच सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने दार्चुलाका ९ सय ६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विभूषित हुनेहरूको नामावली प्रकाशन गरेको हो । विभूषित हुनेहरूमा नेपाल विद्या भूषण (क) तर्फ दार्चुलाका तीन जना सहित ७ सय ९० जना छन् । दार्चुलाका सन २०२१ मा भारतीय कृषि अनुसन्धान संस्थान भारतबाट पोष्ट हार्वेष्ट टेक्नोलोजी विषयमा विद्यावारिधी गर्नुभएका करनसिंह धामी, २०७८ सालमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधी गर्नुभएका भरत सिंह थापा र २०७६ सालमा त्रिभुवन विश्वविद्यालयबाट जनसंख्या अद्ययन विषयमा विद्यावारिधी गर्नुभएका महेन्द्रराज जोशीलाई नेपाल विद्या भूषण (क) प्रदान गरिएको छ ।

नेपाल विद्या भूषण (ख) तर्फ ७१, नेपाल विद्या भूषण (ग) तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक (क) तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक (ख) तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९ सय ६२ जनालाई विभूषित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । नेपाल विद्या भूषण (ग) तर्फ दार्चुलाका केशवदत्त जोशी परेका छन् । २०७८ सालमा सुदूरपश्चिम विश्वविद्यालयबाट मावविकि तथा समाजशास्त्र संकायबाट स्नातक तहको प्रथम ग्रेड पोइन्ट प्राप्त गर्नुभएका जोशीलाई नेपाल विद्या भूषण (ग) प्रदान गरिएको हो । दार्चुलाका चार जनालाई नेपाल विद्या भूषण र दुई जनालाई शिक्षा पुरस्कार गरी शिक्षा दिवसको अवसरमा छ जना सम्मानित हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?