दार्चुला । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर १ मनिसा पेट्रोल पम्प नजिक सनिबार से २ प ९८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ७ का २२ वर्षीय नविन बहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का विजय जोशी घाइते भएका छन्। घाइते जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया