बझाङमा एक पुरुषको चक्कु प्रहार गरी हत्या

दार्चुला । बझाङमा घरायसी विवाद हुँदा ६० वर्षीय पुरुषको चक्कु प्रहारबाट हत्या भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ स्थित घट्टे गाउँका स्थानीय जैलु मण्डेललाई सोही गाउँका ५० वर्षीय बिजुली मण्डेलले घरमै गएर चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरेर शुक्रबार साँझ करिब साढे ७ बजे जैलुको घर गएका बिजुलीले सुरुमा आफ्नी श्रीमतीलाई कुटपिट गरेका थिए । जैलुले उनीहरुलाई छुट्टाएर घर पठाएको र त्यसलगत्तै बिजुली पुनः जैलुको घरमा आएर उनकै चक्कुले पेटमा प्रहार गरेर हत्या गरेको मृतकका आफन्त शिवजी मण्डेलले बताउनुभयो । चक्कु प्रहारपछि मृतकको घटनास्थलमै मृत्यु भएको स्थानीयहरूले बताएका छन् ।

बिजुली चक्कु प्रहारपछि फरार रहेका छन् । सामान्य घरायसी विवादका कारण हत्या भएको र उनको खोजीको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी भरतबहादुर शाहले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?