राहत शिक्षकद्धारा आज पनि काठमाडौंमा प्रदर्शन

दार्चुला । राहत शिक्षकले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नेपाल शिक्षक महासंघ र सरकारबीच गत शुक्रबार भएको सहमतिमा असन्तुष्टी जनाउँदै राहत शिक्षकले आइतबार प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा भेला भएका राहत शिक्षकहरुले माइतीघरदेखि बानेश्वरसम्म जुलुस प्रदर्शन गरेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिमा आबद्ध शिक्षकहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरुले शनिबार पनि काठमाडौंमा बिरोध प्रदर्शन गरेका थिए । सरकारसँग ६ बुँदे सहमतिपछि शिक्ष्क महासंघले शुक्रबार रातिदेखिनै आन्दोलनको कार्यक्रम फिर्ता लिएको थियो । तर सरकार र महासंघबीचको सहमतिमा आफ्ना मागहरुप्रति बेवास्ता गरिएको भन्दै राहत शिक्षकले भने आन्लोलनलाई निरन्तरता दिएका छन् ।

आफ्ना मागहरु पूरा नभएसम्म विद्यालय नफर्कने र आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?