दार्चुला । बाजुरामा मिनि ट्रक दुर्घटना भएको छ । आइतबार सुर्खेतबाट खाद्यान्न बोकेर बाजुराको कर्णाली करिडोर हुदै हुम्ला जादै गरेको मिनि ट्रक बाजुराको जगन्नाथ गाउँपालिका ३ बेर्मा बजार नजिकै दुर्घटना भएको हो ।
कर्णाली प्रदेश-०२-००१६ ख ०५५७ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तिन जना घाइते भएका बाजुरा प्रहरीले जनाएको छ ।
घाइते हुनेमा ट्रक चालक दैलेख आठबिस नगरपालिका ४ का आन्दाजी ३५ बर्षका देविराम सिजापती, सहचालक सोहि जिल्लाको दुल्लु नगरपालिका २ का अन्दाजी १८ बर्षका अर्जुन विक र जाजरकोटको बिरेन्द्रनगर नगरपालिका १२ बस्ने अन्दाजी २२ बर्षका महन घर्तिमगर रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सह-चालक सहित अर्का एक जनाको अवस्था सामान्य भए पनि चालकको अवस्था भने गम्भीर रहेको बताइको छ ।
उक्त मिनि ट्रक सडकभन्दा करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया