दार्चुला । शिक्षकहरूले आज पनि माइतीघर मण्डलामा आन्दोलन जारी राखेका छन्। मंगलबार नेपाल राहत शिक्षक केन्द्रीय समिति, पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, नेपाल बाल विकास शिक्षक संघर्ष समिति लगायतका विभिन्न ८ वटा संघ संगठनले आन्दोलन गरिरहेका छन्।
हिजो सडकमै सुतेर आन्दोलन गरेका थिए। आज भने उनीहरूले सिठी बजाएर विरोध प्रदर्शन गरेका छन्।
नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया