दार्चुला । जिल्ला अस्पताल बाजुरामा सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्धार गरिएको छ । बडिमालिका नगरपालिका वडा नम्बर ९ की १८ बर्षिया ललिता नेपालीले बच्चा जन्माईसकेपछी स्वास्थ्यमा थप समस्या आएपछि उनको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
जिल्ला अस्पताल बाजुराका चिकित्सकले नेपालीको सल्यकृया गरी २ वटा बच्चा जन्माइएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जुम्लाहा बच्चा सल्याकृया पश्चाच सकुसल रहेको अस्पताल श्रोतले जनाएको छ ।
सल्यकृयापश्चात महिलाको स्वास्थ्यमा जटिल समस्या आएपछि कर्णाली प्रदेशको सुर्खेत अस्पताल लगिएको जिल्ला प्रसासन कार्यालय बाजुराले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




