दार्चुला । बैतडीको दशरथचन्द र पुर्चौंडी नगरपालिकाले आज सार्वजनिक बिदा दिएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र पुर्चौडी नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएका हुन् ।
दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
स्थानीय भाषामा ठूलीजात भनेर चिनिने मेलामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ ।
यस्तै पुर्चौंडी नगरपालिकाले पनि नगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँमा रहेको धार्मिक स्थलहरुमा अनन्त चतुर्दशीको अवसरमा मेला लाग्ने भएकाले बिदा दिएको नगरप्रमुख दिपक बमले जानकारी दिनुभयो । डिलाशैनी भगवती मन्दिर लगायतका मन्दिरहरुमा अनन्त चतुर्दशीको अवसरमा मेला लाग्ने भएकाले बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्राको अवसरमा नगरपालिकाभित्रका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय र विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको दुबै नगरपालिकाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया