दार्चुला । जिपबाट खसेर डोटीमा एक महिलाको मृत्यु भएको छ। गत भदौ २० गते जिपबाट खसेर घाइते भएकी दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ कि ३३ वर्षिया महेश्वरी साउदको बिहिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
आदर्श गाउँपालिकाबाट दिपायल तर्फ जाँदै गरेकोे सुदुरपश्चिम प्रदेश ०१–००१–३७८४ नम्बरको बोलेरो जिपको पछाडि सवार साउँद एयरपोर्ट रोडमा खसेर गम्भीर घाइते भएकी थिइन्।
घाइते साउदलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उनको उपचारमा संलग्न डाक्टरले उपचार सम्भव नरहेको बताएपछि हिजो मात्रै घर लगिएको थियो। साउदको बिहिवार दिउँसो घरमै मृत्यु भएको बताइएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया