बैतडीको कटौजपानी र श्रीकोट स्वास्थ्य चौकीमा चौबिसै घण्टा आकस्मिक सेवा सुरु

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ मा रहेको कटौजपानी स्वास्थ्य चौकीमा चौबिसै घण्टा आकस्मिक सेवा सुरु भएको छ । आज देखि स्वास्थ्य चौकीले चौबिसै घण्टा आकस्मिक सेवा दिने गरी सो कार्यक्रमको उद्घाटन गरिएको स्वास्थ्य चौकी इन्चार्ज महेश सिंह बिष्टले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीबाट अत्यावश्यक औषधी, प्राथमिक उपचार लगायतका आकस्मीक सेवा प्रदान गरीने उहाँले बताउनुभयो ।

यस्तै आजै दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ३ मा रहेको श्रीकोट स्वास्थ्य चौकीमा पनि चौबिसै घण्टा आकस्मिक सेवा सुरु गरिएको छ । आइतबार स्वास्थ्य चौकीले चौबिसै घण्टा आकस्मिक सेवा दिने गरी सो कार्यक्रमको उद्घाटन गरिएको श्रीकोट स्वास्थ्य चौकिले जनाएको छ ।

यसअघि वडा नम्बर ६ मा रहेको सित्तड स्वास्थ्य चौकीले पनि चौबिसै घण्टा आकस्मिक सेवा सुरु गरिसकेको छ ।

दोगडाकेदार गाउँपालिकाको कार्यपालिका बैठकले पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरूमा चौबिसै घण्टा हाल कार्यरत जनशक्तिले नै आकस्मिक सेवा उपलब्ध गराउने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?