१९ औं एसियन गेम्सको महिला कबड्डीमा नेपालद्धारा बंगलादेश पराजित

दार्चुला । चिनमा जारी १९ औं एसियन गेम्सको महिला कबड्डीमा नेपालले पहिलो खेल जितेको छ ।

सोमबार बिहान भएको समुह ‘बि’ को पहिलो खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले हराएको हो । नेपालले अब दोस्रो खेलमा मंगलबार इरानको सामना गर्नेछ ।

एसियन गेम्सको महिला कबड्डीतर्फ समुह ‘बि’ मा नेपाल, बंगलादेश र इरान छन्भने समुह ‘ए’ मा भारत, दक्षिण कोरिया, चाइनिज ताइपेइ र थाइल्याण्ड सहभागि छन् ।

योे जितसँगै नेपालले कबड्डीतर्फ पदक जित्ने संभावना बलियो पारेको छ । कबड्डीमा सेमिफाइनल पुग्ने दुबै टोलीलाई कास्य पदक दिने व्यवस्था रहेकोले नेपालको पदक जित्ने संभावना बढेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?