भारतसँगको खेलमा नेपालले पायो २ सय ३ रनको लक्ष्य

दार्चुला । भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ।

चीनको झेजिङ युनिर्भसिटीको मैदानमा भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। भारतले चार विकेट गुमाएर २ सय २ रन बनायो।

ओपनर यजस्वी जैसवालले शतक पूरा गरे। जैशवाललाई दिपेन्द्र सिंह ऐरीले पेभिलयन फर्काए। आक्रामक ब्याटिङ गर्दै जैसलावले ४८ बलमा शतक पूरा गरेका थिए।

भारतका कप्तान रुतुराज गायकवाड २५ रन बनाएर आउट भने रिंकु सिंहले ३७ रन बनाएर नआउट रहँदा शिभम दुवे २५ रनमा अविजित रहे।

नेपालका दिपेन्द्रले २ तथा संदीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?