दीपेन्द्रसिंह ऐरीलाई प्रहरीले गर्‍यो जवानबाट सहायक हवल्दारमा बढुवा

दार्चुला । नेपाल प्रहरीमा सेवारत क्रिकेटर दीपेन्द्रसिंह ऐरीले एसियन गेम्समा विश्वकिर्तिमानी ब्याटिङ गरेसँगै उनको पद बढुवा भएको छ । उनी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका हुन् ।

प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप उनलाई बढुवा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) ले सो निर्णय गरेको हो ।

नेपाली क्रिकेटमा उनको योगदानको कदरस्वरूप विशेष बढुवा गरिएको प्रवक्ता कडायतले बताउनुभयो ।

दीपेन्द्र सन् २०१६ देखि नेपाल प्रहरीमा आवद्ध थिए । उनी नेपाल प्रहरीको क्रिकेट टीमका कप्तानसमेत हुन् । चीनमा आयोजित एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धामा उनले मंगोलियाविरुद्ध ९ बलमा अर्धसतक बनाउदै विश्वकीर्तिमान रचेका छन् ।

उनले भारतीय ब्याट्सम्यान युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान तोडेका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?