माविको लाइसेन्स परीक्षामा ५० प्रतिशत विद्यार्थी फेल

दार्चुला । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ । गत भदौं २३ गते सञ्चालन गरेको मावि तह अध्ययन अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको थियो ।
सार्वजनिक गरिएको नतिजा अनुसार देशभरबाट परीक्षामा सहभागी परीक्षार्थीमध्ये आधाभन्दा बढी फेल भएका छन् ।

सातै प्रदेशबाट ४९ हजार १७० परीक्षार्थीले लाइसेन्स परीक्षा दिएका थिए । जसमा २४ हजार ३६६ जनाले मात्र उत्तिर्ण गरेका हुन् । जुन ४९.५५ प्रतिशत हुन आउँछ । आधाभन्दा बढी परीक्षार्थीले आयोगको लाइसेन्स परीक्षा पास गर्न सकेनन् ।

आयोगले तोकेको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रबाट परीक्षा दिएका, परीक्षा केन्द्रबाट कैफियत जनाई रद्द गर्ने भनि उल्लेख गरी आएका र परीक्षाको मर्यादा विपरित कार्य गरेको केही परीक्षार्थीको परीक्षा रद्द गरेको आयोगले जनाएको छ ।

त्यस्तै वस्तुगत उत्तरपुस्तिकाको रोल नम्बर संकेत गर्ने गोलो घेरामा आफ्नो सही रोल नम्बर जनाउनका लागि मसी भर्दा गल्ती गरी गोलो घेरामा मसी भरेको, एक भन्दा बढी गोलामा मसी भरेको वा मसी नै नगरेको कारण रोल नम्बर यकिन हुन नसकेको अवस्थामा समेत त्यस्तो उम्मेदवारको उत्तरपुस्तिका रद्द गरिएको आयोगले जनाएको छ ।

अब अध्यायपन अनुमतिपत्र लिन जाँदा तोकिए बमोजिमको निवेदन, शैक्षिक योग्यताको हकमा मावि शिक्षा परीक्षादेखि तोकिएको न्यूनमत शैक्षिक योग्यता उत्तीर्ण गरेको प्रमाणपत्र, शिक्षा विषयमा कम्तीमा १० महिना तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि लगायतका कागजातसहित आउनुपर्ने आयोगले जनाएको छ ।

उत्तीर्ण भएका उम्मेदवारहरुको अध्यापन अनुमतिपत्र वितरण कार्य परीक्षामा सहभागी भएकै जिल्लाको शिक्षा विकास समन्व्य इकाइबाट हुनेछ । त्यसका लगि आयोगले अध्यापन अनुमतिपत्र वितरणको सूचना आयोगले पछि प्रकाशन गर्ने जनाएको छ ।

आफ्नो विवरण फरक परेमा नतिजा प्रकाशन भएको मितिले एक वर्षभित्र सच्याईसक्नुपर्न अन्यथा कुनै पनि विवरण सच्याउन नसकिने आयोगले जनाएको छ ।

teacher

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?