सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत चयन

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् ।

उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएको हो । चयन भएका ५ जना बाहेक अरू १८ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि पदाधिकारी सबै सर्वसम्मत भएका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?