दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका ७ मनेकुँडा गाउँमा पहिलो पटक जिप पुगेको छ । जिल्लाको डिलाशैनी गाँपालिका ७ मनेकुँडा गाउँमा आज (बिहीवार) पहिलो पटक जिप पुगेको हो । यातायातको पहुँच बारि रहेको मनेकँुडा गाउँमा सडक विस्तार संगै गाडी पुगेपछि स्थानियहरु खुसि भएका प्रदिप जोशीले बताउनुभयो ।

घण्टौँ पैदल यात्रा गरेर जानु पर्ने बाध्यता रहेकोमा अब सहज हुने स्थानियले बताएका छन् । पहिलो पटक मनेकुडामा जिप लगेर गएका चालक प्रकाश बोरहालाई स्थानीयहरुले फूलमाला लगाएर स्वागत समेत गरेका थिए। डिलाशैनी सरकारको पहलमा सडक विस्तार भएको हो ।

यातायात र विद्युतलाई प्राथमकितामा राखेर नागरिकहरुको बिजुली बाल्ने र गाडी चढ्ने सपना पुरा गर्न लागि परेका डिलाशैनीका जनप्रतिनिधिहरुको भनाई छ । सेरा, नगराउ, धामी गाउँ, बाइम, मनेकुँडा हुँदै मठैराज सम्म सडक विस्तार भइरहको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

प्रेस चौतारी नेपालको तेस्रो केन्द्रीय बैठक १५ बुँदे दार्चुला घोषणपत्र जारी गर्दै सम्पन्न

२०८० मंसिर १३, बुधबार १५:२६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?