बैतडीमा बालिकालाई करणी गरेको आरोपमा चालक प्रकाउ

दार्चुला । बैतडीमा एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा चालक पक्राउ परेका छन्। महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर आउदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रक र सोही ट्रकका चालक मेलौली नगरपालिका ७ का महेश ओझालाई बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको हो ।

चाकल ओझा माथि सोही मिनिट्रकमा सवार रहेकी बालिकालाई जबरजस्तीकरण गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिनुभयो । ट्रक सहित चालक ओझालाई पाटन नगरपालिका ६ को हिरापुरबाट पक्राउ गरिएको प्रहरीले प्रहरी निरीक्षक खत्रीले बताउनुभयो। प्रहरीका अनुसार पीडित किशोरी अत्तरियाबाट बैतडी आउन मिनिट्रकमा बसेकी थिइन्।

बिहिबार राती बुडरमा बस्ने क्रममा मिनि ट्रकमा आफुमाथि चालक ओझाले जबरजस्तीकरणी गरेको ती बालिकाले प्रहरीलाई जानकारी गराएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?