कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे उत्तरपुस्तिका हेर्न पाइने

दार्चुला । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले गत साउन ३० गते सार्वजनिक गरेको नतिजामा चित्त नबुझी पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीको अन्तिम चरणको पुनर्योगको नतिजा बिहीबार प्रकाशन गरेको हो ।

यस्तै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योग नतिजामा चित्त नबुझे निवेदन दिएर उत्तरपुस्तिका हेर्न पाइने जनाएको छ।

परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार पुनर्योगको नतिजाउपर चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात् कात्तिक १० गतेसम्ममा तोकिएको शुल्क बुझाएर बोर्डको सम्बन्धित कार्यालयमा निवेदन पेस गर्न सकिनेछ।

प्रतिविषय शुल्क २ हजार तोकिएको छ।

परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० दिनपश्चात् सक्कल ग्रेडसिटसहित बोर्डका सम्बन्धित कार्यालयहरूमार्फत उक्त कार्यालयमा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?