दार्चुला । बैतडीमा दुईवटा क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ। दशैंतिहारको अवसर पारेर कात्तिक २ गतेदेखि दोस्रो संस्करणको वासुलिङ्ग प्रिमियर लिग (बीपीएल) र कात्तिक १० गतेदेखि पाटन प्रिमियर लिग (पिपिएल)को तेस्रो संस्करण हुने भएको हो।

पाटन क्रिकेट क्लबको आयोजनामा हुने पिपिएल–३ का खेलहरू श्रीकृष्ण मावि पाटनको खेलमैदानमा सञ्चालन हुनेछन्।

विजेता टोलीले १ लाख ११ हजार १११ र द्वितीय हुनेले टोलीले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयो ।

यस्तै वासुलिङ्ग क्रिकेट क्लबको आयोजनामा हुने (बीपीएल) सिजन टुका खेलहरू सिद्धखाली खेलमैदान सतबाँझमा हुनेछन्।

प्रथम हुने टिमलाई ३५ हजार र दोस्रो हुने टोलीले १८ हजार पुरस्कार पाउनेछ।​ दुईवटै प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि दर्ता खुला गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

 

प्रेस चौतारी नेपालको तेस्रो केन्द्रीय बैठक १५ बुँदे दार्चुला घोषणपत्र जारी गर्दै सम्पन्न

२०८० मंसिर १३, बुधबार १५:२६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?