दार्चुला । बैतडीमा चट्याङ लागेर एक भैंसी र दुई बाख्रा मरेका छन्। सोमबार जिल्लाको पाटन नगरपालिका–१० का शंकर बिष्टले पालेको भैंसी मरेको हो भने चट्याङकै कारण उनको घरमा जडान गरिएको विद्युतको मिटरबक्ससहित घरको वाइरीङ्गमा समेत क्षति पुगेको छ ।
यस्तै सोही ठाउँका गणेशदत्त अवस्थी र गोपाल बिष्टले पालेका एक/एक बाख्रा पनि चट्याङ लागेर मरेका छन्। चट्याङका कारण पाटन १० का जयबहादुर बिष्ट, नन्दराज अवस्थी र धनबहादुर बिष्टको घरमा जडान गरिएको विद्युत मिटर बक्सका साथै अन्य उपकरणमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।